आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पर्यटन व्यवसायी पौडेल सम्मानित

पर्यटन व्यवसायी पौडेल सम्मानित


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८२, शुक्रबार

पोखरा/होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समयदेखि पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो ।

पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछानेलगायतले सम्मानपत्र, दोसल्लाले सम्मान गरे ।

पौडेलको चिल्ली बार एण्ड रेष्टुरेष्टसहित ३६० स्काइ लाउन्च, हिमालयन ग्लोरी इन्, हिमालयन गेष्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पालगायतका व्यवसाय छन् । उनलाई भाइ भिष्म पौडेलले साथ दिर्दै आएका छन् ।

यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरे, टेम्पल ट्रि का सञ्चाल बसन्त गौतमलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->