बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीलाई सबैले सुन्ने र चिन्ने जिल्ला बनाउँछु: थापा

म्याग्दीलाई सबैले सुन्ने र चिन्ने जिल्ला बनाउँछु: थापा

राजनीतिशास्त्रमा स्नाकोत्तर (एम.ए) गरेका थापा परोपकारी र सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्ति हुन ।


  • ध्रुवसागर शर्मा
  • माघ १६ २०८२, शुक्रबार

म्याग्दी /नेपाली कम्युनिष्ट पार्टीबाट आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्ला घोषणा पश्चात् म्याग्दीको विषयमा देखिएको कानुनी जटिलता अन्त्य गर्दै जिल्लालाई सबैले सुन्नै पर्ने र चिन्ने पर्ने जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल म्याग्दीले २२ औ स्थापना दिवसको अवसरमा बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा थापाले आफ्ना अनुभव देखि भावी योजना सुनाए ।

राजनीतिशास्त्रमा स्नाकोत्तर (एम.ए) गरेका थापा परोपकारी र सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्ति हुन । म्याग्दीका प्रतिस्पधी चार उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर (केवि) भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार डा. महावीर पुनमध्ये नेकपाका थापा अन्य उम्मेदवारहरुको तुलनामा थापा कम उमेरका हुन् ।

सामाजिक र परोपकारी क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल थापाको नेतृत्वमा राजधानी काठमाण्डौमा रक्तदाता समूह समेत रहेको छ । उक्त रक्तदाता समूहले हालसम्म १० हजार भन्दा बढी बिरामीहरुलाई निःशुल्क रगतको समेत व्यवस्था गरेर धेरैको मन जित्न सफल भएको छ । उम्मेदवार थापा स्वयम्ले ५२ पटकसम्म रक्तदान गरेर कैयौंलाई जीवन दान समेत गरे ।

४२ वर्षीय थापा फरासिला र उदात्त स्वभावका छन । धवलागिरी गाउँपालिका–७ धारापानीका स्थायीवासी थापाले शिवाङमा रहेको हेम नमुना आवासीय माविमा वि.स. २०५४ सालमा मा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक समितिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गरेका थिए । काठमाण्डौंको आर.आर. क्याम्पस र भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व समेत गरेका नेकपाका उमेद्वार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य समेत हुन ।

त्यसैगरी नेकपाका उम्मेदवार थापाले भ्रष्ट्राचार र बेथितिका विरुद्ध काठमाडौमा विभिन्न अभियानको अगुवाई गरेका थिए । थापाले बैदेशिक रोजगारीको क्रममा ठगिएका पिडीतहरुको पक्षमा पैरवी गर्दै आएका काठमाण्डौंमा रहेका विपक्षी राजनीतिक दलको शुभेच्छुक संस्थामा आवद्ध एक पत्रकारले जानकारी दिए । “म्याग्दीले यस पटक स्वतन्त्र र राजनीतिक दलहरुबाट पनि निकै राम्रा उम्मेदवारहरु पाएको छ । निश्कलङ्क छवि भएका उम्मेदवारहरुमध्ये गत भदौको जेन्जी आन्दोलनको मर्म र भावना बुझेको दल र उम्मेदवार छान्न म्याग्देली जनताले विवेक पुर्याउनुपर्दछ ।” म्याग्दी घर भै काठमाण्डौंमा पत्रकारिता गरिरहनुभएका पत्रकारले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने ।

त्यसैगरी थापाले बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छन् ।

“संघीय कानुन, बजेट र योजना निर्माणमा म्याग्देली जनताको भावना, अपेक्षा र समस्याको सम्बोधन गराउन देशले म्याग्दीलाई सुन्ने र चिन्ने गरेर आवाज उठाउछु,” उनले भने, “म्याग्दीले प्राप्त गरेको हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वयन गराउन प्राथमिकता दिन्छु ।”

म्याग्दी, कालीगण्डकी र राहुघाट कोरिडोरको सडक लगायत भौतिक पूर्वाधारको क्षेत्रमा सन्तुलित विकास गर्ने, सार्वजनिक निकायको सेवा प्रवाहमा हुने ढिलासुस्ति र बेथितिको अन्त्य गरि सरकारी कार्यालयलाई ‘होटलको जस्तो स्वागत र बैंकको जस्तो छिटो छरितो, पारदर्शी र प्रबिधीमैत्री’ बनाउने बताए ।

उज्यालो म्याग्दी कार्यक्रमलाई पूर्णता दिने, निर्माणाधिन जलविद्युत र प्रशारण लाइन आयोजनालाई सहज रुपमा सम्पन्न गराउन, जलविद्युत आयोजनाका प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्वको बजेटलाई पारदर्शी र व्यवस्थित किसिमले कार्यान्वयन गराउन, प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाई आर्थिक स्तर उकास्न जोड दिने लगाएतका प्रतिवद्धता व्यक्त गरे ।

धौलागिरि र अन्नपूर्ण लगायतका हिमालका आधार शिविर, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण, प्राकृतिक तातोपानी कुण्डहरु सहित धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रर्वद्धन गर्दै पर्यटनको माध्यमबाट आयआर्जन, रोजगारि सिर्जना र आर्थिक विकास गराउने थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->