बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीदेखि नयाँ दिल्ली सिधा बस सेवा

बेनीदेखि नयाँ दिल्ली सिधा बस सेवा


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८२, आइतबार

म्याग्दी/जिल्लाको सदरमुकाम बेनीबाट बस सेवामार्फत भारतको नयाँ दिल्ली पुग्न सकिने भएको छ ।

मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले माघ २१ गते बुधबारदेखि हरेक दिन विहान ६ः४५ बजे बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या हुदै नयाँ दिल्लीसम्मको सिधा बस सेवा सुरु गर्ने भएको हो ।

शनिबार सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए “अब भारत जाने यात्रुलाई बेनीबाटै बस सेवा सञ्चालन हुन्छ, हामीले उपचारका लागि जाने विपन्न यात्रुलाई निशुल्क सेवा समेत दिन्छौ” अध्यक्ष अधिकारीले भने । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने अध्यक्ष अधिकारीको भनाई छ ।

बेनीबाट यात्रुको माग अनुसार थप सेवाहरु समेत सञ्चालन गर्न सकिने सृष्टि यातायात प्र्रालिका अध्यक्ष कृष्णप्रसाद पोडेलले बताए । बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु पाँच हजार चार सय र नयाँ दिल्लीबाट तीनहजार दुई सय भारु भाडादर निर्धारण गरिएको छ । यसैबीच भारतको सरोजनी नगरबाट हरेक दिन साझ ४ बजे बस बेनीतर्फ प्रस्थान गर्ने छ ।
पत्रकार सम्मेलनमा धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, म्याग्दी कोरला प्रालिका अध्यक्ष मोहन केसी लगायतको उपस्थिती रहेको थियो ।

आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिने छ । छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक १ लाखभन्दा बढी भारतीय तीर्थयात्रीहरु दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो । म्याग्दीबाट २७ घण्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ ।

म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्ने भन्दा निकै सस्तो भाडा लाग्ने, लुटिने जोखिम समेत कम हुने यातायात ब्यवसायीको भनाई छ । यसैबीच यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->