काठमाडौं / गत शुक्रबारदेखि लगातार घटिरहेको सुनको भाउ आज सोमबार पनि घटेको छ। तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज प्रतितोला ग्राम १३ हजार ४ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। नेपाली बजारमा गत बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो।
पछिल्लो चार दिनको तथ्याङ्क हेर्दा सुनको मूल्य अस्वाभाविक रूपले घटेको देखिन्छ। गत बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
तर, त्यसको भोलिपल्टै शुक्रबार २० हजार ५ सय रुपैयाँले मूल्य घट्यो। गिरावटको यो क्रम आइतबार पनि रोकिएन, जहाँ थप १८ हजार ८ सय रुपैयाँ घटेर मूल्य ३ लाखमा झरेको थियो। आजको गिरावटसँगै चार दिनको अवधिमा सुनको मूल्यमा कुल ५२ हजार ७ सय रुपैयाँले कमी आएको छ।





