बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान


  • ढाेरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

पोखरा/  युनाईटेड क्लब पोखराले अमरसिंह माविका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो ।

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखिनै अमरसिंह माविसंग सहकार्य गरि अमरसिंह खेल मैदानमा पोखरा महोत्सवको आयोजना गरि विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताए । १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गरेको एक हप्तामै पुन अमरसिंह माविमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउदै क्लबले शिक्षा क्षेत्रमा एक उदाहरणीय काम गर्न लागेको उनले बताए । क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको काम शुरु भइसकेको बताउदै त्यसको सम्पूर्ण जिम्मा हाल गण्डकी प्रदेश सरकारले लिइ काम अगाडी बढिरहेको उनको भनाई थियो । क्लबले लेखनाथको अर्चलेमा आफ्नै जग्गामा ४० लाखको लागतमा युनाईटेड छात्राबासको काम शुरु गरिसकेको र छिट्टै नै त्यसलाई सञ्चालनमा ल्याइने बताउदै श्रेष्ठले त्यसका लागि कुनैपनि दातृ निकायसंग सहयोग नलिएको बताए ।

अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले युनाईटेड क्लब पोखरा र अमरसिंह मावि बीच नङ र मासु बिचको जस्तै सम्बन्ध रहेको बताए । क्लबले अमरसिंह माविसंगको सहकार्यमा पोखरा महोत्सव सञ्चालन गरी विभिन्न सामाजिक कामहरु गर्दै हरेक बर्ष अमरसिंह माविको शैक्षिक स्तरोन्नतीका लाथि आर्थिक, नैतिक र भौतिक सहयोग गरेको बताए । जस अनुरुप १४ औं संस्करणको पोखरा महोत्सव सम्पन्न हुनासाथ विद्यार्थीहरुको आवश्यक्तालाई मध्येनजर गरी दुई थान आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेकोमा युनाईटेड क्लब परिवारप्रति धन्यवाद ब्यक्त गरे ।

क्लबका अध्यक्ष लोकबहादुर थापाले क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए । अमरसिंह माविको साथकै कारण १४ औं पोखरा महोत्सव सम्म सञ्चालित सम्पूर्ण महोत्सव सभ्य र भब्य ढंगले सम्पन्न भएको र आगामी महोत्सवहरु समेत भब्य र सभ्य रुपमा सम्पन्न हुने उनको भनाइ रहेको थियो । क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवको आम्दानीबाट युनाईटेड क्लबले दर्जन बढी विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापनासंगै अमरसिंह माविमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग समेत गर्दै हरेक महोत्सवमा विद्यालयलाई सहयोग गर्दै आइरहदा यो पटक विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड वितरण गरिएको बताए ।

क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ द्वितिय उपाध्यक्ष सूर्यबहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरु विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, बिजय कार्की, बुद्ध कार्की, सल्लाहकार रमेशबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->