पोखरा/ प्रतिनिधि सभाको निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको मनाङमा जम्मा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर घले उम्मेदवार छन् । निर्वाचन आयोगले विभिन्न निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । जसअनुसार मनाङको मतपत्र पनि सार्वजनिक गरिएको छ । संभवत मनाङको मतपत्र सबैभन्दा थोरै चुनाव चिन्ह रहेको हुनेछ ।





