मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड


  • ढाेरपाटन संवाददाता
  • माघ २४ २०८२, शनिबार

पोखरा/ पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सहकारी/सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले शनिवार राखिएको ५ किलोमिटर खुल्ला महिला÷ पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारीत दुरी २९।१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् । यसैगरी आसिका लामिछानेले दितिय, पार्वती अधिकारीले तृतिय र माया पौडेल, पवित्रा नेपाली, अंकिता लामिछाने, नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सात्वना स्थान हासिल गरेका हुन् ।

यसैगरि पुरुष तर्फ नयन बचत तथा ऋण सहकारी सस्थाका नवराज केसीले उक्त दुरी १८ मिनेटमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भए । दितिय तर्फ सिलिङ कृषि सहकारीका सुदिन रानाभाट,तृतियमा दिपाङ मत्स्य सहकारीका नारायण लामिछाने र सान्त्वनातर्फ खडानन्द लामिछाने,मिलन परियार,सुर्य थापा क्षेत्री,अर्पण थापा र रमिल समुदा मगर परेका छन् । बिजेता प्रथम हुनेले सात हजार, द्वितीयले पाँच हजार, तृतियले तीन हजार र सान्त्वना हुनेले जनही एक हजार नगद र प्रमाण पत्र पाए । यसैगरि जेष्ठ सहभागी तर्फ भरतलाल श्रेष्ठ र गंगा धमला साथै कान्छो सहभागिता तर्फ पुरस्कार संकल्प अधिकारी पाए । यसैविच सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीले प्रदान गर्ने उत्कृष्ठ ब्यवस्थापनबाट पुरस्कृत सस्थाका ब्यवस्थापक गोविन्द लामिछानेलाई समेत सम्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष लेखनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सुभारम्भ पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव शिवप्रसाद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->