बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८२, मंगलबार

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ ।

तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत् व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यावसायिक जीवनमा सफलता हासिल गर्न सकिने बताएका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक जिवनमाअझै सफल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।

सो अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभइ जान्नुपर्ने विषय भएकाले उद्यमी÷व्यवसायीहरुलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरुमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानून एवं कर नीतिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाइने भएकाले सचेत हुन आग्रह गरे ।

७० भन्दा बढी उद्योगी÷व्यवसायीको सहभागिता रहेको सो तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका महासचिव भरतराज ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->