मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कफि बनाउन सिक्दै कास्की कास्की कारागारका कैदीबन्दी

कफि बनाउन सिक्दै कास्की कास्की कारागारका कैदीबन्दी


  • ढाेरपाटन संवाददाता
  • माघ २९ २०८२, बिहिबार

पोखरा/ कास्की कारागारमा रहेका कैदीबन्दीलाई व्यावसायिक कफी मेकर (बारिस्ता) बनाउन ६५ दिने तालिम सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयको समन्वयमा कैदीबन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले थालिमको आयोजना गरिएको हो ।

सिटिइभिटीको आंगिक संस्था पोखरा प्राविधिक शिक्षालयले दुई समूहमा विभाजन गरी ४० जनालाई तालिम दिएको हो । विभिन्न कारणले कारागार पुगेका व्यक्तिलाई सीप सिकाएर आयआर्जनमा जोड्ने प्रयासस्वरुप तालिमको आयोजना गरिएको पोखरा प्राविधिक शिक्षालयका प्रमुख राजीव कुमार ठाकुरले बताए । सहभागीलाई बारिस्ता सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञान उपलब्ध हुने उनले बताए । कैद भुक्तान गरेर बाहिर निस्किएपछि उनीहरूलाई उद्यमी बन्न यो तालिमले सहज बनाउने उनले अपेक्षा गरे । आगामी दिनमा शिक्षालयले यस्तै अन्य उपयोगी तालिमका लागि पनि पहल गर्ने ठाकुरले जानकारी दिए ।

कैदीबन्दीलाई उद्यमशीलता, सीप र श्रमसँग जोड्न तालिमले ठूलो भूमिका खेल्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत प्रमोद पौडेलले बताए । कारागारमा अहिले पनि मुढा, ढाका र फर्निचर जस्ता सामग्री उत्पादन गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ । सीप भएमा अरूको भर पर्नु नपर्ने पोखरा प्राविधिक शिक्षालयका उपप्रमुख शैलेन्द्र शाहीले बताए । सीपलाई उत्पादनसँग जोड्दा मात्रै आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ । ’जेलबाट छुटेपछि उद्यममा लाग्न र जीवनयापन गर्न यो तालिमले बाटो देखाउने छ’, शाहीले भने । तालिमले कैदीबन्दीलाई समाजमा पुनःस्थापित हुन मानसिक र आर्थिक रूपमा तयार गर्ने विश्वास उनले व्यक्त गरे ।

सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको बलियो समन्वयका कारण कैदीबन्दीलाई कारागारभित्रै सीपअनुसारको काममा लगाउन सकिएको र कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने उद्देश्य रहेको कास्की कारागार प्रमुख राजेन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->