मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरामा खुल्यो पाइलट ब्रान्ड पेनको आउटलेट

पोखरामा खुल्यो पाइलट ब्रान्ड पेनको आउटलेट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

पोखरा/ फेयर ट्रेड कर्पाेरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ । पोखरा–३, नदीपुरस्थित कोट्रयार्ड भवनमा (मीनमार्ट रहेको भवन) आउटलेट संचालनमा ल्याएको हो ।

शनिबार उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो । कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ । कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन् ।

उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् । प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुट दिइने व्यवस्था गरिएको छ । काठमाडौंको न्यूरोड र कमलादीमा शाखा संचालित रहेकोमा छिट्टै विराटनगरमा समेत सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन् । यसका डिलर भने धेरैवटा छन् । पाइलट पेनलाई अरू पेनको तुलनामा उत्कृष्ट मानिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->