सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

श्रीमतीको हत्या आरोपमा श्रमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रमान पक्राउ


  • अमृत बास्कुने
  • फाल्गुन ६ २०८२, बुधबार

मुस्ताङ/रसुवा उत्तरगया गाउँपालिका–५ घर भै मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फा बस्ने २३ वर्षिय अश्विन थापा मगरलाई श्रीमतीको हत्या गरेको आरोपमा मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन ४ गते दिउँसो ३१ वर्षिय श्रीमती शान्ति गुरुङलाई दाउराको चिर्पटले प्राहार गर्दा गम्भीर चोट लागि मृत्यु भएको भन्दै स्थानीयले दिएको उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी नवराज न्यौपानेका अनुसार आरोपित थापालाई जिल्ला अदालत मुस्ताङबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->