शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

म्याग्दीमा विकास खर्च न्यून

म्याग्दीमा विकास खर्च न्यून


  • अमृत बास्कुने
  • फाल्गुन ७ २०८२, बिहिबार

म्याग्दी/म्याग्दीमा चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि विकास खर्च भने न्यून मात्रामा भएको छ । म्याग्दीका लागि संघिय सरकारको बजेटतर्फ चालु खर्चमा कुल तीन अर्ब ४३ करोड ५९ लाख ७६ हजार पाँच सय १२ रुपैयाँ बजेट रहेकोमा हालसम्म एक अर्ब ८८ करोड ३२ लाख ३७ हजार ७ सय ९१ रुपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार, जिल्लाको लागि विनियोजित पुँजीगत खर्चतर्फ कुल ३ करोड ६२ लाख ३७ हजारमध्ये हालसम्म ७२ लाख २५ हजार ५ सय ५५ रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्चतर्फ हेर्दा ७ महिना बितिसक्दा १९ प्रतिशत मात्रै खर्च भएको हो । चालु खर्चतर्फ भने ५४ दशमलब ८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत मिनबहादुर बानियाँले जानकारी दिए । समग्रमा हेर्दा जिल्लामा ५४ दशमलब ४४ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।

म्याग्दीका लागि प्रदेश सरकार तर्फको चालु बजेट ४७ करोड ७ लाख ४२ हजार रहेकोमा हालसम्म १६ करोड ५२ लाख १३ हजार पाँच सय ७५ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ ८२ करोड ८५ हजार बजेट रहेकोमा हालसम्म २० करोड २८ लाख २१ हजार ६५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

बानियाँका अनुसार, प्रदेशतर्फ हालसम्म चालु र पुँजीगत गरी कुल ३६ करोड ८० लाख ३४ हजार ६ सय ४० रुपैयाँ बजेट खर्च भएको छ । समग्रमा प्रदेश तर्फको बजेट खर्च २८ प्रतिशत हाराहारी मात्रै खर्च भएको कोलेनिकाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->