बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शुभकामनाका शेयर सदस्यहरुलाई प्रशिक्षण

शुभकामनाका शेयर सदस्यहरुलाई प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८२, आइतबार

पोखरा/शुभकामना बचत तथा ऋण सहकारी संस्था, सृजनाचोक, पोखराले आफ्ना शेयर सदस्यहरूलाई प्रशिक्षण दिएको छ । करिब ७ सय ५० भन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको कार्यक्रममा १ सय ५० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष प्रेम शंकर बरुवालले जानकारी दिए ।

कार्यक्रममा शेयर सदस्यहरूलाई शेयर सदस्यको काम, कर्तव्य र अधिकारका बारेमा संस्थाका सल्लाहकार एवं पत्रकार रमेश पौडेलले प्रशिक्षण दिए ।

त्यसैगरी संस्थाका उपाध्यक्ष, पूर्व बैँकर रामचन्द्र आचार्यले सहकारी वित्तीय व्यवस्थापनको बारेमा प्रशिक्षण दिए । कुल पुँजी १६ करोडभन्दा बढी रहेको उक्त सहकारीमा चुक्ता पुँजी तीन करोड रहेको छ ।

सहकारीमा बचत रकम १० करोड रहेको छ भने ८ करोडभन्दा बढी लगानीमा र २ करोडभन्दा बढी जगेडा कोषमा रहेको संस्थाका सचिव ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । सहकारीले यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->