शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सुरक्षाकर्मीले हटाए मनाङका सडकमा जमेको हिउँ

सुरक्षाकर्मीले हटाए मनाङका सडकमा जमेको हिउँ

तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनमा हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८२, सोमबार

मनाङ / मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्री सहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली हिउँ हटाउने कार्य गरेको हो ।

विशेष गरी सो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरू हिउँले पुरी अवरूद्ध भएको थियो। सो बाटोहरूमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरु आवत जावत गर्न असहज भएको थियो।

बाटो अवरूद्ध पश्चात तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनमा हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। फागुन ६ गतेदेखि सुरू भएको हिउँ पन्छाउने कार्य आज खुलेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->