बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दीपशिखामा २५ महिलालाई अचार बनाउने तालिम

दीपशिखामा २५ महिलालाई अचार बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८२, बुधबार

पोखरा/पोखरा महानगर पालिका वडा नं २९ मा अवस्थित दीपशिखा बहुउदेश्यीय सिकाइ केन्द्रमा २५ महिलालाई अचार बनाउने तालिम दिइएको छ ।

५ दिनसम्म चलेको उक्त तालिमको मंगलबार समापन गर्दै पोखरा महानगर पालिकाका बरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले दीपशिखा बहुउदेश्यीय सिकाइ केन्द्रले विभिन्न टोलहरुबाट प्रतिनिधित्व हुने गरी २५ जना महिलालाई अचार बनाउने तालिम दिइएकामा प्रशंसा गरे ।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले तालिम लिएका महिला दिदीबहिनीहरुलाई थप सहयोग आवश्यक भएमा सो का लागि लेखनाथ उद्योग वाणिज्य संघ तयार रहेको बताइन् । पोखरा २९ का वडासदस्य निर्मला पौडेलले महिलाहरुलाई विभिन्न सीपमूलक तथा जीवनोपयोगी तालिमहरू प्रदान गरी आयआर्जनमा जोड्नु पर्नेमा जोड दिइन् ।

प्रशिक्षणमा महानगर शिक्षा समिति सदस्य रत्नाकुमारी शाक्यले सहजीकरण तथा मार्गदर्शन गरेकी थिइन् ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष माधव भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सिकाइकेन्दका सचिव होमनाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । दीपशिखा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदी, पुस्तकालयका कार्यसमिति सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->