बागलुङ/बजाजको चेतक ईभी स्कुटर बिहिबार लन्च गरिएको छ । बजाज शो–रुम बागलुङले गण्डकीमा पहिलो पटक विविध विशेषता भएको स्कुटर ल्याएको हो ।
बजाज शो–रुम बागलुङका अध्यक्ष शिवशंकर शाहसहित जिल्लाका विभिन्न उद्योगी व्यवसायीले नयाँ मोडलको इभी स्कुटर उद्घाटन गरे । उक्त अवसरमा कम्पनीका म्यानेजिङ डाइरेक्टर रोहित शाहले नयाँ विशेषताबारे जानकारी दिए । ३ वर्षको फाइनान्स सुविधा, ४ घण्टामा फुल चार्ज, ७३ किमी सम्मको स्पिड, गुगुल नक्सा बमोजिम यात्रा गर्न सकिने, स्क्रीन टच मनिटर समेतको विशेषता चेतकमा रहेको छ ।
बडिकभरलाई मेटलले ढाकेकोले सामान्य दुर्घटनामा क्षति नहुने समेत जनाइएको छ । शुरुवातमा यो स्कुटरको मूल्य ३ लाख २४ हजार ९ सय रहेको बताइएको छ । पहिलो पटक बागलुङमा आएकोेले युवाहरुले यो स्कुटरप्रति चासो देखाएका छन् ।
पेट्रोलको स्कुटरको तुलनामा यो स्कुटरमा सर्भिस चार्ज पनि न्युन रहेको छ । दैनिक ३० किमी गुड्दा वर्षमा १० हजार ८ सय किमी गुड्ने र आइसीइको तुलनामा चेतकमा वर्षमा सर्भिस चार्ज ३ हजार ५ सय ५९ रुपैयाँ मात्रै लाग्ने भएकोेले वर्षमा झण्डै ४९ हजार बढी बचत हुने बताइएको छ । अन्य सेवा शुल्क र सडक करमा पनि छुट रहेकोले सबैको रोजाइमा पर्न सक्ने बताइएको छ ।





