बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेनजी प्रदर्शनमा तोडफोड भएको पोखराको एनसेल सेन्टर पुनः सञ्चालनमा

जेनजी प्रदर्शनमा तोडफोड भएको पोखराको एनसेल सेन्टर पुनः सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८२, शुक्रबार

पोखरा/एनसेलको पोखरामा रहेको सेन्टर पुनः सञ्चालनमा आएको छ । सिर्जना चोकमा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षति पुगेपछि बन्द रहेको थियो ।

बिहीबार (फागुन १४) एक कार्यक्रममाझ मर्मतसम्भारपश्चात पुनः सञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ । ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याउन पाएकोमा खुसी छौँ,’ दाहालले भनिन् । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।

यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

पोखरा एनसेल सेन्टरको पुनः सञ्चालनले ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्न कम्पनी सधैँ प्रतिबद्धता रहेको पुष्टि गर्दछ । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->