सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निर्वाचनमा खटेका कर्मचारीको दुर्घटनामा मृत्यु

निर्वाचनमा खटेका कर्मचारीको दुर्घटनामा मृत्यु


  • अमृत बास्कुने
  • फाल्गुन १८ २०८२, सोमबार

म्याग्दी/मुस्ताङको निर्वाचनमा खटेका कर्मचारीको दुर्घटनामा परेर मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षिय सुनिल घतानेको थासाङ गाउँपालिका वडा नं. २ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

प्रदेश अस्पताल मुस्ताङका प्रमुख डा. समिक्षा कँडेलका अनुसार, दुर्घटनामा परी अस्पताल ल्याउँदै गर्दा घतानेको मृत्यु भएको हो । ‘घाइते अस्पताल आइपुग्दा मृत्यु भै सकेको थियो’ डा. कँडेलले भनिन् । मृतकको सव प्रदेश अस्पताल जोमसोममा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार कोबाङको खन्ती बजारमा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकालाई उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ पु¥याइएको थियो । अस्पताल पु¥याउँदा डाक्टरले मृत्त घोषणा गरेका हुन् ।

घताने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. २ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभुत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->