सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पैसा बाँड्न हिंडेको भन्दै कांग्रेस नेताको गाडी नियन्त्रणमा

पैसा बाँड्न हिंडेको भन्दै कांग्रेस नेताको गाडी नियन्त्रणमा


  • अमृत बास्कुने
  • फाल्गुन १९ २०८२, मंगलबार

म्याग्दी/चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ क्षेत्रमा मत प्रभावित पार्ने ध्येयले बाँड्न लैजादै गरेको पाँच लाख रुपैयाँ र नेपाली कांग्रेसका दस्तावेजसहित गाडी नियन्त्रणमा लिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् ।

मौन अवधिमा चराङ हुँदै लोमन्थाङतर्फ जाँदै गरेको उक्त गाडीलाई शंका लागेर खानतलासी गर्दा नगद तथा कांग्रेसको झण्डा तथा पैसा दिने व्यक्तिहरुको नामावली समेत भेटिएको सुरक्षा निकायले जनाएको छ ।

स्थानीय राजनैतिक दलका प्रतिनिधिको रोहवरमा गाडी खानतलासी गर्दा पैसा भेटिएपछि गाडीमा सवार कांग्रेस कार्यकर्ताहरु भने भागेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->