बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीमा काँग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन बिजयी

गण्डकीमा काँग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन बिजयी

३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित पक्का भएको हो ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

पोखरा / प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चित भएको छ । त्यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित पक्का भएको हो ।त्यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न बाँकी छ ।

नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँदा । योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

११ हजार ३२८ मत रहेको मुस्ताङमा ६ हजार ३८८ मात्रै मत खसेको थियो । १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->