मनाङ / सबैभन्दा कम उम्मेदवार र कम मत खसेको मुस्ताङमा मतगणना सुरु भएको छ । सुरुवाती मतगणनामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले अग्रता लिएका छन् ।
हालसम्म गणना भएका ५७५ मतमध्ये कांग्रेसका गुरुङले ४६२ मत ल्याएका छन् । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका यसोदा गुरुङ सुवेदीले १ सय र मंगोल नेशनल अर्गानाइजेशनका रामबहादुर घलेले १ मतमात्रै पाएका छन् । १२ मत बदर भएका छन् । मनाङमा यी तिनजनामात्रै उम्मेदवार रहेका छन् ।
जम्मा ७ हजार मतदाता रहेको मनाङमा २९ सय २३ मतमात्रै खसेको थियो ।





