सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ भारी मतान्तरका साथ विजयी

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ भारी मतान्तरका साथ विजयी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

मनाङ/ हिमालपारीको जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ भारी मतका साथ विजयी भएका छन् । गुरुङको जितसंगै १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसले २ सिट जित्न सफल भएको छ । यसअघि हिमालपारीकै अर्को जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

विजयी गुरुङले २४१५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका यसोदा गुरुङ सुवेदीले जम्मा ४५४ मतमात्रै पाइन भने मंगोल नेशनल अर्गानाइजेशनका रामबहादुर घलेले ९ मत ल्याए । मनाङ त्यस्तो जिल्ला हो जहा सबैभन्दा कम उम्मेदवार र कम मत खसेको थियो । जम्मा ७ हजार मतदाता रहेको मनाङमा २९ सय २३ मतमात्रै खसेको थियो । ४५ मत बदर भए ।

गुरुङ कांग्रेस, एमाले र राप्रपाका एउटै उम्मेदवारका रुपमा रहेका थिए । उनलाई एमाले र राप्रपाले समर्थन गरेका थिए । यसअघि एमालेका तर्फबाट उम्मेदवार दाबी गरेका पोल्देन छोपाङ गुरुङ टेकबहादुरसँगै हिँडेर भोट मागेका थिए । रोचक कुरा के छ भने २०७४ को निर्वाचनमा तिनै टेकबहादुर गुरुङलाई हराउँदै पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ मा तिनै पोल्देन छोपाङ गुरुङलाई हराउँदै टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेस–एमालेबीच भागबण्डामा गोला प्रथाबाट कांग्रेसको भागमा प्रतिनिधिसभा सदस्य उम्मेदवार र एमालेको भागमा प्रदेश सभा सदस्य उम्मेदवार परेको थियो । धर्म गुरुहरूको रोहबरमा गरिएको एउटा बाचामा बसेर उनीहरूले सहमति जनाएसंगै प्रतिनिधिसभा परेको कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङले उम्मेदवारी कायम राखे । एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ता लिए ।

मनाङमा २०५६ सालको निर्वाचनमा कांग्रेसका पाल्तेन गुरुङ (टेकबहादुर गुरुङका दाइ) निर्विरोध निर्वाचित भएका थिए । २०७० मा टेकबहादुरले पोल्देन छोपाङका भाइ तत्कालीन राप्रपाका उम्मेदवार त्रिपल पी गुरुङलाई हराउँदै दोस्रो संविधानसभा सदस्य जितेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->