शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

प्युठानमा रास्वपाका सुशान्त विजयी, तेस्रो भए सूर्य थापा

प्युठानमा रास्वपाका सुशान्त विजयी, तेस्रो भए सूर्य थापा

शनिबार सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

प्युठान / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याए। नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे।

राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा रहे। जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो। जसमध्ये ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->