बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जेनजी सम्झौताका मस्यौदाकार मनिष नवलपुर-२ बाट बने २६ वर्षमै सांसद

जेनजी सम्झौताका मस्यौदाकार मनिष नवलपुर-२ बाट बने २६ वर्षमै सांसद

खनालले ४१ हजार ३४७ मत ल्याउदा एमालेका तिलक महतले १५ हजार ७५५ मत पाए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पोखरा/ प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नवलपुर २ बाट २६ वर्षीय जेनजी युवा मनिष खनाल भारी मतका साथ विजयी भएका छन्। सो क्षेत्रमा २०७४ देखि नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो चलिरहेकोमा यसपटक खनालले त्यसलाई तोडिदिएका छन्।

खनालले ‘मितिबाट विधि र विधिबाट समृद्धि भन्ने बटमलाइनलाई नै लिएर अगाडि बढ्ने तयारी गरेको बताए । आफुले जेनजी विद्रोहको मागलाई स्थापित गर्ने गरेर पाँच वर्ष काम गर्ने प्रतिबद्धता उनले जनाए । खनालले ४१ हजार ३४७ मत ल्याए। एमालेका तिलक महतले १५ हजार ७५५ मत पाउँदा कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत ल्याएका छन्। खनालले २५ हजार ५९२ मतको फराकिलो अन्तर कायम गरेका हुन्।

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा एमालेका तिलक महत चुनिएका थिए भने २०७९ मा कांग्रेसका विष्णुकुमार कार्की निर्वाचित भएका थिए।

अधिवक्ता समेत रहेका खनाल भदौ २३ मा भएको जेनजी आन्दोलनमा सक्रिय थिए। उनी नेपाल जेनजी फ्रन्ट (रक्षा बम समूह) का संवाद समिति संयोजक हुन्। अधिवक्ता भएकै कारण मनिषले सरकार र जेनजीबीच भएको सम्झौताको मसौदा तयार पार्नमा मुख्य भूमिका खेलेका थिए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->