आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

नवलपरासी पश्चिम-१ बाट बिनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित

नवलपरासी पश्चिम-१ बाट बिनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित

खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाएका छन्। 


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

पोखरा / नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई ३५ हजार भन्दा धेरै मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन्।

खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाएका छन्। लुम्बिनी प्रदेशमा कांग्रेसका महामन्त्रीसमेत रहिसकेका खनाल निर्वाचनको मुखमा कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए।

यो क्षेत्रमा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जसपाका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले १ हजार ५९३, नेकपाकी सिन्धु जलेसा बुढाथोकीले १ हजार ५६ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->