बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा समानुपातिक मतमा रास्वपा पहिलो

म्याग्दीमा समानुपातिक मतमा रास्वपा पहिलो


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

म्याग्दी/ प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो स्थान हासिल गरेको छ । रास्वपाले १९ हजार ९८७ मतसहित पहिलो स्थान बनाएको हो ।

त्यसैगरी दोश्रोमा नेकपा एमाले ९ हजार ४४७ मत र नेपाली कांग्रेसले ७ हजार ५९४ मत पाएर तेस्रो भयो । नेपाली कम्युनिष्ट पार्टीले ४ हजार १६२, श्रम संस्कृति पार्टीले १ हजार ७१५, राप्रपा ८ सय ४४, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ७ सय ६२ मत पाए । म्याग्दी जिल्लामा ५६ राजनैतिक दलले मत पाएका छन् । बस चुनाव चिन्ह लिएको दले भने म्याग्दीमा एक मत पनि पाएको छैन । पहिलो पटक चुनावमा भाग लिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले १ सय ७७ मत पाएको म्याग्दीमा नेशनल रिपब्लिकन नेपालले १ सय ३०, नेपाल जनता संरक्षण पार्टीले ८३, जनमोर्चाले ७५, पिपुल फष्र्ट पार्टीले ७२ तथा प्रगतिशील लोकतान्त्रीक पार्टीले ६२ मत पाएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रत्यक्ष तर्फ म्याग्दीको मतगणनाको अन्तिम परिणाम अनुसार महाबिर पुनले २२ हजार ८ सय ५० मत ल्याएर बिजयी भएका थिए ।

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९ सय १९ मत पाउँदा उनीहरु दुई जना बीचमा १४ हजार नौ सय ३१ मतान्तर भएको थियो । त्यसैगरी तेश्रो स्थानमा आएाका नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार छ सय ७६, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले तीन हजार पाँच सय २९ मत ल्याएका थिए । स्वतन्त्र पार्टीका युवराज रोकाले एक हजार ५ सय ३०, राप्रपाका डम्भरबहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका बिनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी ३८, नेशनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर बिकले २२ र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाएको मुख्य निर्वाचन अधिकृत सुर्यवहादुर थापाले जानकारी दिए ।

४६ हजार तीन सय ३६ मत खसेको थियो । ४३ हजार एक सय ६० मत सदर भएको म्याग्दीमा ३ हजार १७६ मत बदर भएको थियो ।

नौ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्
निर्वाचनमा जितेका महाविर पुन, दोश्रो हुने हरिकृष्ण श्रेष्ठ र तेश्रो हुने कर्णबहादुर भण्डारीले जमानत जोगाएको भए पनि अन्यले जोगाउन सकेनन् ।

जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने भए पनि नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ३ हजार ५२९ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले एक हजार ५ सय ३०, राप्रपाका डम्भरबहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका बिनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी ३८, नेशनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर बिकले २२ र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाएकोले जमानत जोगिन सकेन । मुख्य निर्वाचन अधिकृत सुर्यवहादुर थापाका अनुसार सदर मत ४३ हजार १ सय ६० को दश प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत हुन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->