सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

समानुपातिकमा रास्वपा पहिलो, कांग्रेस दोस्रो

समानुपातिकमा रास्वपा पहिलो, कांग्रेस दोस्रो

प्रत्यक्षतर्फ एक सिट र समानुपातिक प्रणालीतर्फ कुल खसेको सदर मतको तीन प्रतिशत पार गर्ने मात्र राष्ट्रिय दल बन्ने कानुनी व्यवस्थाको सीमाभित्र ६ दल मात्रै अटाएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार

पोखरा/२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ दलमध्ये जम्मा ६ पार्टी राष्ट्रिय दल बनेका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे मापदण्ड तोकिएको छ । जसमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिक प्रणालीतर्फ कुल खसेको सदर मतको तीन प्रतिशत पार गर्ने मात्र राष्ट्रिय दल बन्ने उल्लेख छ । यो कानुनी व्यवस्थाको सीमाभित्र ६ दल मात्रै अटाएका हुन् ।

प्रत्यक्षतर्फ १२५ क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फको जारी मतगणनामा पनि सबैभन्दा धेरै मत पाएर अग्रस्थानमा छ । दोस्रो स्थानमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा (एमाले), चौथोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), पाँचौँमा श्रम संस्कृति पार्टी र छैटौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकको थ्रेसहोल्ड पार गरेका छन् ।

यी बाहेकका दलले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेका छैनन् र समानुपातिकमा पनि थ्रेसहोल्ड पार गर्न सक्ने देखिँदैन । यसले प्रतिनिधिसभामा पुग्ने सबै दल राष्ट्रिय दल हुनेछन् ।

यो समाचार तयार पार्ने बेला एक करोड ५ लाख ५७ हजार १३० मत गणना हुँदा रास्वपाले ५० लाख ५७ हजार ३०७ मत प्राप्त गरेको छ । जुन कुल मतको ४७.९० प्रतिशत हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १६ प्रतिशत मत प्राप्त गरेको छ । अर्थात १७ लाख १६ हजार १४५ मत प्राप्त गरेको छ । ९ सिटमा खुम्चिएको एमालेले १३ प्रतिशत मत प्राप्त गरेको छ । एमालेले १४ लाख ३० हजार ८१५ मत प्राप्त गरेको हो । यस्तै ७ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले ७ प्रतिशत मत प्राप्त गरेको छ । नेकपाले ७ लाख ८१ हजार १७९ मत प्राप्त गर्दा भरखरै जन्मेको श्रम संस्कृति पार्टी समेत राष्ट्रिय पार्टी भन्न सफल भएको छ ।

प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टीले ३.४८ प्रतिशत मत प्राप्त गरेको छ । समानुपातिकतर्फ कुल खसेको मतको ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउने गर्दछ । श्रम संस्कृति पार्टीले कुल ३ लाख ६९ हजार ४६५ मत प्राप्त ग¥यो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं राष्ट्रिय दल बन्न सफल रह्यो । राप्रपाले ३.१० प्रतिशत अर्थात् ३ लाख २७ हजार ११८ मत प्राप्त ग¥यो । राप्रपाले प्रत्यक्षतर्फ १ सिटमात्रै जितेको छ ।

जनता समाजवादी पार्टी नेपालले १ लाख ७३ हजार २०५ मत प्राप्त ग¥यो । जुन १.६४ प्रतिशत हो । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६७ हजार ७८३ मत प्राप्त ग¥यो । जनमत पार्टीले ७८ हजार ४८ मत प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->