सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा समानुपातिकतर्फ रास्वपा पहिलो

गण्डकीमा समानुपातिकतर्फ रास्वपा पहिलो

समानुपातिकतर्फ रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गर्दै पहिलो दल बनेको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ १५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीमा पहिलो दल बनेको छ । समानुपातिकतर्फ रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गर्दै पहिलो दल बनेको हो ।

प्रत्यक्षतर्फ २ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २ लाख ७ हजार ३८७ मत प्राप्त गर्दै दोस्रो दल बनेको छ । नेकपा एमालेले १ लाख ५२ हजार ५८७ मत प्राप्त गरेको गर्दै तेस्रो दल बन्यो ।

गण्डकीमा एमालेले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेन । यस्तै नेपाली कम्युनिष्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार मत पायो । गण्डकीमा कुल ५७ दल चुनावी मैदानमा होम्मिएका थिए । श्रम संस्कृति पार्टीले १८ हजार ९९५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->