बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चुनावमा कति खर्च गरे म्याग्दीका सांसद महाविर पुनले ?

चुनावमा कति खर्च गरे म्याग्दीका सांसद महाविर पुनले ?

उनले प्रतिनिधि सभा निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको बताएका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८२, बिहिबार

पोखरा / म्याग्दीका सांसद महावीर पूनको चुनावी खर्च साढे २८ लाख रुपैयाँ रहेको छ । उनले प्रतिनिधि सभा निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको बताएका छन् ।

उनले निर्वाचन आयोगलाई बुझाएको चुनावी खर्च विवरण अनुसार सवैभन्दा बढि होटल,खाना र बासमा १३ लाख ०७ हजार ६१९ खर्च गरेका छन् ।

यातयात खर्च ६ लाख ६० हजार ९९८ रुपैयाँ, डिजेल खर्च ३ लाख ६० हजार ४९९ रुपैयाँ, चालक ज्याला १ लाख ४० हजार रुपैयाँ, प्रचार प्रसार २ लाख ९० हजार ५७५ रुपैयाँ र स्टेशनरी खर्च २५ हजार ३०० रुपैयाँ भएको पुनका निर्वाचन प्रतिनिधि चित्र बहादुर तिलिजा पुनले बताए ।

त्यसैगरी, उम्मेदवार मनोनयनमा १० हजार रुपैयाँ, मतदाता नामवली खरिदमा ३ हजार रुपैयाँ र विविधमा ७० हजार ८ सय रुपैयाँ खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->