पोखरा/ नेकपा एमालेले समानुपातिक सांसदमा १६ जनाको नाम शनिवार टुंग्याएको छ । भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो ।
समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट उनीहरुलाई निर्वाचना आयोगमा सिफारिश गरिएको एमालेले जनाएको छ । समानुपातिक सांसदमा सिफरिश हुनेहरुमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा मगरदेखि नीता घतानीसहित विभिन्न क्लस्टरबाट रहेका छन् । आदिवासी/जनजाति क्लस्टरका ४ जनामध्ये महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठको नाम पठाइएको छ भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् ।
त्यस्तै, ५ जना खस–आर्य क्लस्टरमा ३ महिला र २ पुरुष छन् । महिलातर्फ पद्मा अर्याल, टुकाभद्र हमाल र यशोदा कुमारी बराल रहेका छन् भने पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल छन् ।
थारू क्लस्टरबाट कृपाराम राना छन् । दलित क्लस्टरमा विष्णुमाया विक र निता घतातीको नाम सिफारिस गरिएको छ । मधेशी क्लस्टरबाट रिङ्ला यादव, यशोदा कुमारी र चण्डेश्वर मण्डल छन् भने मुस्लिमतर्फ साजिदा सिद्दिकीको नाम सिफारिस गरिएको छ ।
हेर्नुहोस एमालेले समानुपातिक सांसदमा सिफारिश गरेकाको नाम
जनजाति ४ जना
महिलाः भूमीका सुब्बा र गंगादेवी श्रेष्ठ
पुरुषः रामबहादुर थापा मगर र कुलभक्त शाक्य
खस आर्य ५ जना
महिलाः पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुषः गुरु प्रसाद बराल र पुष्पराज कंडेल
थारु १ जना
कृपाराम राणा (पुरुष)
दलित २ जना
महिलाः विष्णुमाया वी.के. र नीता घतानी
मधेसी ३ जना
महिलाः रिंगला यादव र यशोधा कुमारी यादव
पुरुषः चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम १ जना
महिलाः साजिदा सिद्दीकी





