काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ । यी क्लस्टरबाट को को परे भनेर नाम भने सार्वजानिक गरिएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ भएपछि मात्रै नाम सार्वजनिक गरिने प्रवक्ता झाले बताए ।





