काठमाडौं/ नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नामहरू आयोगमा बुझाउने निर्णय गरे पनि नाम भने सार्वजनिक गरिएको छैन् ।
पाँच जना पुरुषमा विभिन्न क्लस्टरको पहिलो नम्बरमा रहेकाहरुलाई समेटिएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाती र खसआर्यबाट६–६, दलित र मधेसीबाट ३–३ जनाको नाम बुझाइने छ । यस्तै, मुस्लिम र थारुबाट १–१ जनाको नाम पठाउने निर्णय भएको उनले बताए। खसआर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रबाट एक एक नाम आयोगमा पठाउने निर्णय गरिएको उनको भनाइ छ।





