शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसद

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसद


  • ढाेरपाटन संवाददाता
  • चैत्र १ २०८२, आइतबार

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फका ४ सांसदको टुंगो लगाएको छ। पार्टीको कार्यसम्पादन समितिको आइतबारको बैठकले क्लष्टर मिलाएर नाम सिफारिस गरेको हो।

सिफारिस गरिएको नाममा खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषमा ताहिर अली छन्। यसैगरी खस आर्य महिलामा खुश्वु ओली र जनजाती महिलामा सरस्वती लामाको नाम निर्वाचन आयोगमा पठाएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा राप्रपाले प्रत्यक्षमा जुम्लामा जित निकालेको थियो। देशैभर समानुपातिकतर्फ राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको थियो। राप्रपाले पाएको यो मतका आधामा निर्वाचन आयोग ४ सिट पाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->