पोखरा / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेको छ । छानिएका नामलाई नेकपाले निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
सिफरिश गरिएका नामहरुमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।
यसअघि रास्वपा, नेकपा एमाले, कांग्रेस लगायत पार्टीले समानुपातिक सांसदको नाम सिफारिश गरिसकेका थिए ।





