काठमाडौं/नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची तयार पारेको छ । काँग्रेसले प्रतिनिधि सभामा समानुपातिकतर्फ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरेको छ । कार्य सम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए ।
खसआर्य कोटाबाट महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, पुरुषबाट काली बहादुर सहकारी र अर्जुननरसिंह केसी रहेका छन् । आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ,गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, मदन कृष्ण श्रेष्ठ र भीष्मराज आङ्देम्बे रहेका छन् ।
त्यसैगरी मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव, दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक, मन माया विक थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन रहेको काँग्रेस निकट श्रोतले जानकारी दिएको छ ।





