मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

एलिजा : मिस जनजातिको संसद यात्रा

एलिजा : मिस जनजातिको संसद यात्रा

गोर्खा १ मा सुधन गुरुङ उम्मेदवार बनेपछि चुनावी मोर्चामा उनी सँगसँगै हिँडेकी थिइन् । मिस जनजातिको रुपमा लोकप्रिय तथा रास्वपाका संस्थापकसमेत रहेकी एलिजालाई समानुपातिबाट संसद पु¥याउनमा सुधनले पनि सदाशयता देखाएको रास्वपा स्रोतले बतायो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०८२, मंगलबार

पोखरा/गोर्खाको धार्चे गाउँपालिका २ मा रहेको दुर्गम गाउँ केरौंजामा जन्मेकी एलिजा गुरुङ सन् २०१९ को मिस जनजाति हुन् । धार्चेमै रहँदा एलिजा समाजसेवीको रुपमा चिनिन्थिन् । गुरुङ जातिहरुको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय परिषदको जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको जिल्ला सदस्यसमेत रहेकी एलिजाले मिस जनजातिको ताज पहिरिएसँगै राष्ट्रिय परिचय बनाइन् । ह्युलाको भातृ संगठन तमुस्योंको महाधिवेशन प्रतिनिधिसमेत रहेकी उनी कुनै समय चाहिँ नेपाली कांग्रेससँग नजिक थिइन् ।

२०७९ साल साउन १७ गते निर्वाचन आयोगमा विधिवत् दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उनी संस्थापक केन्द्रीय सदस्य हुन् । २१ सदस्यी सो समितिमा रहेका अधिकांश नेताहरु यो चुनावमा प्रत्यक्ष र समानुपातिकको सूचीमा परेका छन् । एलिजालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको समानुपातिक उम्मेदवार छनोटको क्रममा ‘आदिवासी जनजाति’ महिलातर्फ ११ हजार ४ सय ८९ मत दिएका थिए ।

गोर्खा १ मा सुधन गुरुङ उम्मेदवार बनेपछि चुनावी मोर्चामा उनी सँगसँगै हिँडेकी थिइन् । मिस जनजातिको रुपमा लोकप्रिय तथा रास्वपाका संस्थापकसमेत रहेकी एलिजालाई समानुपातिबाट संसद पु¥याउनमा सुधनले पनि सदाशयता देखाएको रास्वपा स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->