पोखरा/लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारबाट सुरु भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो ।
तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’ तालिम दिने योजना रहेको जानकारी दिइन् ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीलेसीप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भइउद्यमी बन्न सकिने धारणा राखे ।
विगतदेखी नै विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको वताउँदै सीप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए÷नभएको समेत संघले अनुगमन गर्ने बताएका थिए ।संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशील, रोजगारयुक्त र क्रियाशिल बनाउने धारणा राखे ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।





