पोखरा/ नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह कोषाध्यक्षमा संगीता अधिकारी आचार्यलाई निर्वाचित भएका छन् । त्यस्तै समितिको सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन् ।
अधिवेशनका लागि बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा भीमबहादुर गोले तामाङ, मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ, बाबुराम पाण्डे रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका पदाधिकारी सहित निवर्तमान अध्यक्ष दुुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने लगायतले खादा तथा माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको महिमा र गरिमालाई कायम गराउने कुरामा आँफूहरू निरन्तर लाग्ने विश्वास व्यक्त गरे ।
विभिन्न व्यक्तित्वलाई सम्मान
अधिवेशनका अवसरमा पर्यटक यातायात सहित समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, गण्डकी प्रदेशमा पहिलो पटक हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्राउने हरिध्वज तुलाचन, उत्कृष्ट कर्मचारीद्वय श्रीप्रसाद खतिवडा र इन्द्र राना मगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य गुुरुङले नेपालको पर्यटन क्षेत्रमा हरियो नम्बर प्लेट भएका पर्यटक यातायातले महत्वपूर्ण योगदान पु¥याएको बताए । हरियो नम्बर प्लेट भएका सवारी साधनले आफ्नो गुणस्तरीयतालाई सधैं ध्यान दिन आग्रह गर्दै उनले पर्यटन क्षेत्रका विद्यमान समस्याको समाधान गर्न हातेमालो गर्ने उल्लेख गरे । एनटिभिए गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दाहालले पर्यटक यातायात सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन संघ निरन्तर लागिरहेको बताए ।
एनटिभिए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले विदेशी सवारी साधनलाई व्यवस्थित गर्नका लागि संघले पहल गरेपनि त्यसलाई गलत व्याख्या गर्ने गरिएको बताए । यहाँका पर्यटक सवारी साधनले तिर्ने गरेको राजस्व विदेशी सवारी साधनले पनि तिर्नुुपर्ने बताउँदै उनले त्यसको राम्रो नियमन हुनु जरुरी भएको जनाए ।
एनटिभिए गण्डकीका अध्यक्ष दाहालको सभापतित्व एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले गरेका थिए ।
कार्यक्रममा एनटिभिए केन्द्रका अध्यक्ष भीमबहादुर गोले तामाङ, महासचिव भरत तिमल्सिना, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सम्मानित व्यक्तित्व हरिध्वज तुलाचन लगायतले पर्यटक यातायातले नेपालको पर्यटन क्षेत्रमा खेलिरहेको भूमिका लगायतका विषयमा चर्चा गरेका थिए ।





