सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सिर्जनाका विद्यार्थीलाई एनआईएमबीको पोशाक सहयोग

सिर्जनाका विद्यार्थीलाई एनआईएमबीको पोशाक सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार

पोखरा/ एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखामार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो ।  विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोडा दिए ।

अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिवद्धता जनाए । रेकार्यक्रममा एनआईएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्र्तगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गरे ।

विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->