बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनको भाउ एक सातामै ३४ हजार रुपैयाँ सस्तियो

सुनको भाउ एक सातामै ३४ हजार रुपैयाँ सस्तियो


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

बागलुङ/सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । आइतबार १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ । गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->