शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङमा एक हजारका नक्कली नोट फेला

‘नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह छैन’ नेपाल बैङ्क लि. बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले भने, ‘फेला परेका नोटका नम्बर समेत एउटै छन ।’


  • ढाेरपाटन संवाददाता
  • चैत्र ११ २०८२, बुधबार

बागलुङ/जिल्लामा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन् । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल बैङ्क लि. बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए ।

बागलुङमा रहेका तीन वटा बैङ्कमा मंगलबार रकम जम्मा गर्न आउनेबाट एउटै नम्बरका तीन वटा नक्कली नोट जफत गरिएको हो । नेपाल बैङ्क, प्रभु बैक र सिद्धार्थ बैकमा एक हजार रुपैयाँका एउटै नम्बरका नोट फेला परेको कुँवरले बताए ।

नक्कली नोट फेला परेको विषयमा नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराएको उनको भनाइ छ । ‘नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह छैन’ कुवँरले भने, ‘फेला परेका नोटका नम्बर समेत एउटै छन ।’ बजारमा नक्कली नोट फेला परेकोले सबै सतर्क रहन कुवँरको सुझाव छ ।

बजारमा नक्कली नोट फेला परेको भन्ने बारेमा अनुसन्धान भइरहेको बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->