शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

जाँदाजाँदै पर्यटनमन्त्री सिन्हाले भने, पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनँ

जाँदाजाँदै पर्यटनमन्त्री सिन्हाले भने, पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनँ


  • ढाेरपाटन संवाददाता
  • चैत्र १२ २०८२, बिहिबार

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री अनिलकुमार सिन्हाले चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याउन नसकेको स्विकारेका छनु । विहीबार आयोजित बिदाइ कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको बताएका हुन् ।

पर्यटन मन्त्रालय आफूले सम्हाल्दै गर्दा अत्यन्त अव्यवस्थित पाएको र ठूला पूर्वाधार निर्माण भएपनि तिनलाई सञ्चालन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजनाको अभाव रहेको उनले बताए । आफू मन्त्री भएपछि पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि कार्ययोजना र सुझाव तयार पारिएको उनको भनाई छ।

मन्त्री सिन्हाले पोखरा र भैरहवा विमानस्थल चलाउनका लागि केही कार्ययोजना बनाएको, सुझावदहरु दिएको तर ठोसरुपमा काम अगाडि बढाउन भने नसकेको बताए । कार्ययोजना बनाएपनि निर्वाचनको कारण ठोस रूपमा कार्यान्वयनमा ल्याउन नसकेको उनले उल्लेख गरे। उनले युरोपियन युनियनको कालोसूचिमा रहेको नेपालको हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउन आवश्यक सुधारको काम थालिएको पनि जानकारी दिए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->