सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ ।

समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापती, समितिका अध्यक्ष दुर्गा सुनारलगायतले सार्वजनिक गरेका हुन् । कार्यक्रममा नया वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले व्यवसायीहरु मिलेर अघि बढेमात्र व्यवसायी सफलता मिल्ने बताए । उनले राज्यले करको दायरा बढाउनुको सट्टार करको दर बढाउँदा व्यवसायीले दुःख पाइरहेकोसमेत गुनासो गरे ।

उनले बालेन सरकारले आफूहरुको माग विपरित अनुसन्धान निकाय खारेज गरेको आरोप लगाए । ‘अनुसन्धान निकाय खारेज गर्ने हाम्रो माग थिएन, उनले भने, ‘हाम्रो माग त अनुसन्धानको नाममा आतंक मच्चाउने कार्यको अन्त्य गरियोस् भन्ने हो तर अनुसन्धान गर्ने निकाय नै खारेज गर्ने भन्ने होईन, यो खारेजी गर्ने निर्णयले हामीलाई झन् सशंकित बनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा समितिका सल्लाहकार पवनकुमार प्रजापतीले सरकार व्यवसायीमैत्री बन्नुपर्ने बताए ।

पोखरा ईलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संस्थाका अध्यक्ष चिन्तामणी खरेलले महेन्द्रपुलदेखि सिद्दार्थचोकसम्मका व्यवसायी एकजुट हुनुपर्ने र त्यसका लागि आफूहरु गोलबन्द हुन तयार रहेको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा सुनचाँदी व्यवसायी संघ कास्कीका महासचिव कमलमान सुनार, नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, भित्तेपात्रो तयारी समितिका संयोजक वेदुनाथ लामिछाने, समितिका सचिव नवीन श्रेष्ठलगायतले शुभकामनासहित व्यवसायीको हक, हित र अधिकारका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->