शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश र नवराजको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश र नवराजको उम्मेदवारी

एसोसियटतर्फ उपाध्यक्ष सूर्यबहादुर भुजेल र बस्तुगततर्फ हरिकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८२, सोमबार

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष पदका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । महासंघको चौथो महाधिवेशनको क्रममा यही चैत २० गते हुने निर्वाचनका लागि आइतबार वर्तमान कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज सुवेदी र बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले उम्मेदवारी दिएसँगै त्यहाँ द्विपक्षीय प्रतिस्पर्धा निश्चित भएको हो ।

अध्यक्षमा दुईजनाबीच प्रतिस्पर्धा निश्चित हुँदा दुई उपाध्यक्षमा भने निर्विरोध भएको छ । एसोसियटतर्फको उपाध्यक्षका निम्ति वर्तमान उपाध्यक्ष सूर्यबहादुर भुजेल र बस्तुगततर्फ हरिकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेपछि दुबै पदमा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । हरिप्रसाद शुक्लागण्डकीका संस्थापक अध्यक्ष हुन् ।

यता, जिल्ला नगर उपाध्यक्षमा भने लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र मृगेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । मृगेन्द्र लमजुङ उद्योग वाणिज्य संघको तर्फबाट उम्मेदवार बनेका हुन् ।

कोषाध्यक्ष पदका निम्ति पनि लेखनाथ उद्योग वाणिज्य संघका तर्फबाट राजेन्द्र ओझा र गोपी अधिकारीले उम्मेदवारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा जिल्ला नगरतर्फ २३,एसोसियटमा ५५ र बस्तुगततर्फ ६ जना सदस्य छन् । बस्तुगत र एसोसियटले उपाध्यक्ष चयनमा आफू अध्यक्षका लागिमात्र मतदान गर्न पाउँछन् भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने सबैसँग मताधिकार रहन्छ ।

उता, एसोसियट सदस्यमा रामचन्द्र रेग्मी र काशी गुरुङको उम्मेदवारी परेको छ भने जिल्ला नगरतर्फ विमलप्रसाद रिमाल,ढालेन्द्र छन्त्याल,रामकुमार श्रेष्ठ,दीपकप्रसाद सापकोटा, ठाकुर बी पौडेल र हस्तबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

बस्तुगत सदस्यमा हीरामणि पण्डित र चन्द्रकिशोर गौतमले उम्मेदवारी दिएका छन् । महासंघ गण्डकीको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य रहने व्यवस्था छ । महासंघ प्रादेशिक संरचनामा गएपछि यो नै निजी क्षेत्रको प्रदेशमा सबैभन्दा ठूलो संगठन मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->