शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी उद्योग वाणिज्य महासंघ अध्यक्षमा कँडेल निर्विरोध

गण्डकी उद्योग वाणिज्य महासंघ अध्यक्षमा कँडेल निर्विरोध

‘हामीले राज्यको नीतिलाई सहयोग गर्दै व्यवसाय प्रवर्द्धन गर्ने हो,’ कँडेलले भने, ‘बस्तुगत र एसोसिएट संस्थाहरूको क्षमता विकास गरी राज्यलाई कर तिर्न सक्ने बनाउने योजना पनि छ ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८२, मंगलबार

पोखरा / निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् ।

दुई जना प्रतिस्पर्धी भएपछि चैत २० गतेका लागि निर्वाचत तोकिए पनि अध्यक्षका प्रत्यासी नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएसँगै कँडेल निर्विरोध भएका हुन् ।

कँडेल बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, बागलुङका पूर्वअध्यक्षसमेत हुन् । अन्य पदमा निर्विरोध भए पनि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो । महासंघले चैत मसान्तभित्र सबै प्रदेश अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

समितिको जिल्ला नगर उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसिएट उपायक्षमा सूर्यबहादुर भुजेल, बस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा निर्विरोध भएका छन् । नौ सदस्य पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । तीन सदस्य भने अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था छ ।

नव निर्वाचित अध्यक्ष कँडेलले आर्थिक मन्दीका बीच व्यवसाय प्रवर्द्धनमा भूमिका खेल्ने, गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनमा अगुवाइ गर्ने बताए ।

उनले वित्तीय अनुशासन कायम गर्दै राज्यले लिने आर्थिक र मौद्रिक नीतिलाई सहयोग गर्ने बताए । ‘हामीले राज्यको नीतिलाई सहयोग गर्दै व्यवसाय प्रवर्द्धन गर्ने हो,’ कँडेलले भने, ‘बस्तुगत र एसोसिएट संस्थाहरूको क्षमता विकास गरी राज्यलाई कर तिर्न सक्ने बनाउने योजना पनि छ ।’
कर तिर्न व्यवसायीहरूले व्यवसाय पनि बढाउन जरुरी रहेको र त्यसका लागि वातावरण राज्यले बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->