सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विवादास्पद व्यापारी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

विवादास्पद व्यापारी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८२, बुधबार

काठमाडौं / सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान तीव्र बनेसँगै विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अध्यागमन विभागका दुई अधिकारीले भट्टलाई कालोसूचीमा राखेको पुष्टि गरे ।

‘सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको विस्तृत अनुसन्धान सुरु भएसँगै भट्टलाई कालोसूचीमा राखिएको हो,’ एक अधिकारीले भने, ‘भट्ट भाग्ने सम्भावना देखेर कालोसूचीमा राखिएको हो । अब विदेश जानुपरेमा उनले सरकारको स्वीकृति लिनुपर्ने छ ।’

अध्यागमनको कालोसूचीमा परेसँगै भट्टलाई विदेश यात्रामा रोक लागेको छ । अध्यागमनको कालोसूचीमा परेका व्यक्ति सम्बन्धित अनुसन्धान गर्ने निकाय वा नेपाल सरकारको पूर्व स्वीकृति बेगर विदेश यात्रा गर्न पाउँदैनन् ।

विवादास्पद व्यापारी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन् । ‘सत्ता-शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहोदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक बिमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका संदिग्ध गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लाग्दै आएको छ ।

भट्ट प्रमुख रहेको इन्फिनिटी होल्डिङस् र त्यसमार्फत शंकास्पद कारोबार गरेका विवरणहरू फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->