शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चैतेदशैंमा कालीका मन्दिरमा ३७ लाख भेटी संकलन

चैतेदशैंमा कालीका मन्दिरमा ३७ लाख भेटी संकलन


  • ढाेरपाटन संवाददाता
  • चैत्र १८ २०८२, बुधबार

बागलुङ/चैतेदशैं अवधिभर बागलुङ कालीका भगवती मन्दिरमा ३७ लाख ९५ हजार भेटी संकलन भएको छ । कालीका भगगती मन्दिर व्यवस्थापन समितिले हरेक दिनको आय सार्वजनिक गर्दै आएको छ ।

चैतेदशैंभर उक्त रकम संकलन भएको गुठीले सार्वजनिक गरेको हो । मन्दिरमा चढाइने भेटी, परेवा बिक्री, चामल लगायतका बिक्रीबाट आम्दानी गरिएको हो । कालीका भगवती गुठी व्यवस्थापन समितिले चैतदशैं मेला पनि आयोजना गरेको थियो । मेला चैत १० देखि १४ गतेसम्म संचालित थियो । दुइ दिने मेलामा लाइभ कन्सर्ट पनि गरिएको थियो ।

राष्ट्रिय पर्व, शक्तिपीठको दर्शनका लागि भने सयौं भक्तजन आउने भएकोले मन्दिर भित्रको व्यवस्थापनमा पनि गुठीले विशेष व्यवस्थापन गरेको थियो । पछिल्लो समय बली व्यवथापन, लाइन लगाएर सहजै मन्दिरको दर्शन लगायतको व्यवस्था हुदै आएको छ ।

गुठीका अनुसार, सबैभन्दा धेरै चैतेदशैंको दिन १० लाख ४४ हजार रुपैयाँ संकलन भएको हो । चैत १० गते ४ लाख ९२ हजार र १३ गते ४ लाख ८० हजार रुपैयाँ संकलन भएको थियो । गुठीले पत्रकार सम्मेलन गरेरै सम्पुर्ण कारोवार सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->