सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

एगा पोखराको अभिमुखीकरण तालिम

एगा पोखराको अभिमुखीकरण तालिम


  • ढाेरपाटन संवाददाता
  • चैत्र १९ २०८२, बिहिबार

पोखरा/ इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकहरूले हस्तनिर्मित सामाग्रीहरू उपहारका रुपमा लैजाने बताउँदै त्यस्ता समाग्री तयार गर्नेतर्फ जोड दिन आग्रह गरे । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उनले यहाँ आउने पर्यटकलाई लक्षित गरी समाग्रीहरू तयार गर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले समाज प्रविधिमा फड्को मारिसकेको बताउँदै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए । तालिमका सिकाइलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संस्थाका सदस्यहरूको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अभिमुखीकरण तालिम आयोजना गरिएको बताए । अध्यक्ष लम्सालको सभापतित्व एवम् सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले र कार्यक्रम संयोजक एवम् सहसचिव सुरेन्द्र पौडेलले कार्यक्रम माथि प्रकाश पारेका थिए । सहभागीलाई डिजिटल मार्केटिङ र ग्राहक पहिचान एवम् डिलिङ सम्बन्धमा पर्यटन विज्ञ दीपेन्द्र पहारी र तनाव व्यवस्थापन सम्बन्धमा सीता पौडेलले अभिमुखीकरण तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू चिरञ्जिवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, विश्वराज पोखरेल लगायतको सहभागिता थियो । कार्यक्रमका सहभागीले भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म, नक्षत्र बाटिका लगायतका स्थलहरूको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->