सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान


  • Dhorpatan News
  • चैत्र २१ २०८२, शनिबार

पोखरा/ सहकारी संस्थाले आर्थिक संकलन र परिचालन मात्र नगरी सरसफाईको क्षेत्रमा पनि काम गर्छन् भन्ने उदाहरण पोखरा १९ मा रहेको एउटा सहकारीले दिएको छ ।

सहकारी दिवसको अवसर पारेर त्यस वडामा रहेको घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले बृहत् सरसफाई अभियानसहित सचेतना कार्यक्रम सम्पन्न गर्यो। तेन्जिङ डोल्मा संस्थाको सहकार्यमा भएको सो सफाई अभियान सहकारी प्राङ्गणबाट शुरु भई त्यस क्षेत्रका बिभिन्न स्थानमा पुगी सम्पन्न भएको थियो । अभियानमा सहभागिहरुले प्लास्टिक संकलन तथा चोक, मैदान र बाटो घाटोको सफाईका बारेमा सचेतना प्रदान गरेका थिए ।अभियानमा भूमे मैदान वहुउद्देश्यीय सामूदायिक समूह तथा घार्मी जनजागरण आमा समूहको सहभागिता रहेको थियो ।

सफाई अभियान शुरु हुनु अघि कार्यलय परिसरमा सहकारीका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा आयोजित सहकारी दिवस कार्यक्रममा सहकारीका वातावरण एवं पर्यटन उपसमिति संयोजक श्याम सुन्दर आचार्यले प्लाष्टिक मुक्त वातावरणमा स्थानीय संघ, संस्था तथा जनसहभागिताको सहकार्य माथि जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहकारीका माध्यमबाट गाउँमा संचालित बिभिन्न योजनाहरुले सफलता प्राप्त गरेको उल्लेख गर्दै सम्पूर्ण गाउँवासीलाई प्लाष्टिक मुक्त वातावरणमा एकजुट भएर लाग्न आह्वान गरे ।

संस्थाका उपाध्यक्ष प्रदिपराज पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन सचिव राजकुमार पौडेलले गरेका थिए । सहकारीले स्थापनाकाल देखि नै कृषकलाई बीउ बिजन,रासायनिक मल र कृषि ओैजारहरु वितरण गर्दै आइरहेको छ भने यस वर्ष संस्थाले मौरी सहितका पचास मौरी घार वितरणको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->