बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आलु महोत्सवको तयारी तीव्र

आलु महोत्सवको तयारी तीव्र


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ ।

विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ ।

उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू, सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम संयोजक श्रेष्ठले हेमजामा आलु खेति प्रवद्र्धनसहित व्यावसायिक कृषिका नयाँ सम्भावना खोज्न महोत्सव आयोजना गरिएको बताए ।

भेलामा पूर्वअध्यक्ष रमेश कार्की एवं निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङ्कन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए ।

मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले सञ्चालन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->